‘प्रेमलीला’ को अफिसियल पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘प्रेमलीला’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको हो लब स्टोरी जनराको चलचित्रमा अभिनेत्री दिपशिखा खड्काले कपाल मुण्डन गरेकी छन् । चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्काले चलचित्रलाइ निर्देशकले समय नदिएर आफु लाई समस्या भएको बताइन । चलचित्रमा भारतीय युवा र नेपाली युवतीको प्रेम देखाउन खोजिएको छ ।

नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र ‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डे ले निर्देशन गरेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । प्रलाद खरेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाहको मुख्य भूमिका रहेको छ । चलचित्र आगामी माघ २५ गते बाट सार्बजनीक प्रदर्शनमा आउने छ ।