गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । ८४ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका प्रधानका घुम्तीमा न आऊ है,पर लैजाऊ फूलहरु,नमन लाज यसरि,गोरेटो त्यो गाउँको,राजमती कुमति लगायत थुप्रै गीतहरु चर्चित छन्।

बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।