प्रेम बाँचे पनि गीतकै लागि मरे पनि गीतकै लागि प्रेमगीत २ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ

करिब दुइ बर्ष अघि सार्बजनिक प्रदर्शनमा आएर चर्चा कमाउन सफल चलचित्र प्रेमगीत को सिक्वेल प्रेम गीत २ प्रदर्शनको तयारीमा रहेको छ। आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरियो। नेपालको पर्यटकीय स्थल रारा,म्यानमार र थाईल्याण्डमा खिचिएको चलचित्र लाइ सन्तोष सेनले निर्माण गरेका हुन् । प्रेम कथामा बनेको चलचित्रलाइ राम शरण पाठकले निर्देशन गरेका हुन् ।

आगामी साउन १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा प्रदिप खड्का र अस्लेशा ठकुरीको जोडी देख्न सकिन्छ भने चलचित्रका निर्माता सन्तोष सेन खलनायकको भूमिकामा देखिएका छन् । चलचित्रमा श्रद्दा प्रसाई,कैलाश कटुवाल,कविता रेग्मी,शिशिर भण्डारी,कुमार कार्की,राजाराम पौडेलको पनि अभिनय रहेको छ । सार्बजनिक ट्रेलरमा माया प्रेमका दृश्य संगै एक्सनले पनि स्थान पाएको छ ।