प्रेम गीत २ को मोटर साइकलमा कार्टुन्ज क्रिउ


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रतीक्षित चलचित्र प्रेमगीत २ को गीत मोटरसाइकल लाइ दर्शक श्रोताले मन पराएका छन् । एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा अब चर्चित समूह कार्टुन्ज क्रिउ र मुख्य अभिनेत्री अश्लेषा ठकुरीले अभिनय गरेका छन् । प्रताप् दास र इन्दिरा जोशीको स्वरमा उक्त नृत्य समूहका कलाकारले आकर्षक डान्स पस्किएका छन् ।
राजेश कुमार श्रेष्ठ र बबिनको शब्द रहेको गीतको यो कभर भिडियो पनि उत्कृस्ट बनेको छ

स्कटिस थिममा बुनिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । निर्माता कम्पनी आशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ । रामशरण पाठक निर्देशित चलचित्र साउन १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदै छ ।