प्रशान्तको एक्सन लुक्समा ‘रणवीर’ को मोसन पोष्टर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

माघ १८ गतेलाई रिलिज डेट सार्वजनिक गर्दै चलचित्र ‘रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोष्टरमा चलचित्रको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ । ‘ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशिल सिटौला एन्ग्री लुक्समा देखिएका छन् । लभ र एक्सन ड्रामा चलचित्रलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशनमा तयार भएको चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरीमै आधारित चलचित्र आइरहेको बेला यसको मोसन पोष्टरमा भने एक्सनलाई प्राथमिकता दिएको छ । ‘चलचित्रको एउटा कथा यस पोष्टरले भन्छ’ निर्देशक गोविन्दले बताए ।