प्रदीप र जसिताको ‘लभ स्टेशन’ दार्जिलिङमा


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदीप खड्का र जसिता गुरुङ स्टारर ‘लभ स्टेशन’ यतीबेला भारतको दार्जिलिङमा धमाधम छायांकन भई रहेको छ । असोज ११ गतेबाट छायांकन सुरु भएको चलचित्र को करिब ५० प्रतिशत छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ ।

चलचित्र टिम छायांकन सकेर तिहार अघि काठमाडौं फर्कने निर्माता गोबिन्द शाहीले जानकारी दिए । चलचित्र ‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रश्मी पाण्डे, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको मुख्य भूमिका रहेको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र भित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताए ।

चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । ‘लभ स्टेशन’लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । ‘लभ स्टेशन’को दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा छायांकन गरिने छ ।