के गर्दैछन् कुनै बेलाका चर्चित पप गायिकाहरु


नलीना चित्रकार
तिम्रो अधर,पानी पानी भयो मेरै मन पनी,तिम्रो हेराई लगायत थुप्रै गीतमा स्वर दियकि नलीना चित्रकार एकताका खुबै चर्चित गायिका थिइन् । आज भोलि उनि यस क्षेत्रमा नदेखियको धेरै भइ सक्यो । हिजो आज उनि आफ्नो परिवार सम्हाल्नै ब्यस्त छिन् ।

मौसमी गुरुङ
अनफर्गेटेबल ,पल,महसुस निकालेकी मौसमीले मेरो मन चोरी लाने,मा नेपाली,च्यान्गबा होइ च्यान्गबा जस्ता गीत बाट निकै चर्चा कमाइन । शिक्क्षन पेश छाडी उनि गायनमा लागेकी हुन् केहि चलचित्रका गीत समेत गायकी गुरुङ हिजो आज शिक्षन पेशामै आबद्द छिन् ।

अभया सुब्बा
पपरक गायन बाट बेग्लै पहिचान बनायाकी अभया सुब्बा अभया यन्ड इन्जल्स ब्याण्ड मार्फत प्रस्तुति दिने गर्थिन । आफुलाई राष्ट्र प्रेमी बताउने अभयाले कलाकार लाई सहयोग गर्न ल्याम्प्स नामक संस्था समेत गठन गरेकी थिइन् । उनि पनी अहिले सांगीतिक गतिविधिमा सक्रिय छैनन् । उनले अहिले कुनै एल्बम पनी निकालेकी छैनन् ।