निशाको रूपको नशामा अनुको यस्तो रूप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका निशा लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रका गीत गाउँदै आएकी निशाको ‘रूपको नशाले…’ बोलको गीत सार्वजनिक भएको हो ।
विकास चौधरीले संगीत भरेको उक्त गीतमा मोडल अनु शाह र सुरज कार्की फिचरिङमा छन् । गीतमा प्रेमको भाव प्रस्तुत गरिएको छ । उत्सव दाहालले खिचेको भिडियो लाइ मन्दील श्रेष्ठले सम्पादन गरेका छन् भने भुवन स्यांग्बो तामांगको निर्देशन रहेको छ । गोदावरीमा छायांकन गरिएको भिडियो सुन्दर बनेको छ ।