निर्माता, निर्देशक र नायिकाबिनाको ‘यति धेरै माया’


सेलेब्रिटी नेपालअसोज २५- चलचित्रको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता, निर्देशक र नायिका नै अनुपस्थित भए भने उक्त कार्यक्रमको औचित्य के होला?बिहीबार काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘यति धेरै माया’को पत्रकार सम्मेलनमा पनि यस्तै भयो । कार्यक्रममा न त चलचित्रका निर्माता थिए, न निर्देशक नै । चलचित्रका निर्देशक लक्की बिदुर सिनेमा निर्देशन गरेर मलेसियातर्फ लागेका छन् । निर्माता र निर्देशकको कुरा नै सुन्न नपाएपछि कार्यक्रम खल्लो महशुस गरिएको थियो ।
दुई जातका केटा र केटबीच प्रेम हुँदा पर्ने समस्यालाई मुख्य रुपमा उठान गरिएको यो चलचित्र मंसिरको तेश्रो साताबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सुभाष मेचे, श्याम तण्डुकार, सम्झना प्याकुरेल लगायतका कलाकारको अभिनय छ ।