नाइन ओ क्लकको अडियो बिमोचन



सेलेब्रिटी नेपाल पौष १-आइतवार एक कार्यक्रमका बीच चलचित्र नाइन ओ क्लकको अडियो बिमोचन भयको छ ।।कवियत्री उषा शेरचन, नायिका सुमिना घिमिरे, निर्देशक बाबुराम ढकालले विमोचन गरेको उक्त चलचित्रमा तीन वटा गीतहरु रहेका छन जुन गीतहरुलाइ कन्काइष्ट राईले संगीत दिएका छन भने राजेश पायल राई,शिव परियार, रजिना रिमाल, इन्दिरा जोशी आदिले स्वर दिएका छन । सेक्ससंग सम्वन्धित कथालाइ मुख्य आधार वनाएर निर्माण गरिएको यो चलचित्र परिवार संग वसेर हेर्न मिल्ने आजको कार्यक्रममा चलचित्र युनिटका सदस्यहरुले वताय । रामशरण उप्रेतीको छायांकन, पुनम राई र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन, प्रकाश पुरीको लेखन रहेको यस चलचित्रमा ध्रुव दत्त, सुमिना घिमिरे, दिक्षा पाठक लगायतका कलाकारहरको मुख्य अभिनय रहेको छ । चलचित्र आगामी फागुन ११ गतेदेखि प्रदर्शन हुने भएको छ ।चलचित्रको विभिन्न १२ वटा देशमा विशेष प्रदर्शन गरिने निर्माता संवेदनाले जानकारी दिए । कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो