गायक द्वय निमा र यश स्टारर ‘छिरिङ्ग’ टीजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को टीजर सार्बजनिक गरिएको छ । टीजरमा प्रेम र द्वन्द्वका दृश्य समाबेश छ । गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर यस चलचित्रमा कामना भुजेल सोलो हिरोइनको रुपमा छिन् ।

यशकै निर्देशन रहेको ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र यम थापाले मिलेर लेखेका हुन् । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रमा देखाउन खोजिएको छ ।