न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरु तलब नपाएपछि आन्दोलनमा


News24 logo
(सेलिब्रेटी नेपाल) २७ बैशाख-नियमित तलबको माग गर्दै न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। महिनौंदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार तथा कर्मचारीहरुले नियमित रिपोर्टिङ्ग तथा कार्यक्रमहरु रद्द गरि आन्दोलनलाई अगाडि बढाइरहेका छन्। व्यवस्थापन पक्षबाट पटक पटक समयमै तलब दिने आश्वासन आउने गरेका भएपछि कार्यन्वयन नभएपछि पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा उत्र्न बाध्य भएको बताइएको छ। यस अघि लाखौ खर्च गरेर ६२ घण्टा लामो टक शो सञ्चालन गरि विश्व रेकर्डमा दर्ज भएको टेलिभिजनले कर्मचारीहरुलाई महिनौंदेखि तलब बिहिन बनाएपछि विवादमा तानिदै जान थालेको छ।

रेडियो नेपालका तत्कालिन महाप्रवन्धक तपानाथ शुक्ला न्यूज २४ टेलिभिजन सुधार्ने भन्दै महाप्रवन्धकमा नियुक्त भएपनि व्यवसायीकता निर्वाह गर्न नसकि मालिकको पक्षपोषणमा लाग्न थालेका छन्। कर्मचारीहरुले तलब माग गर्दा उल्टै पत्रकार माथि हैशियतको प्रश्न उठाउँदै धम्की दिदैं आएको त्यहां कार्यरत पत्रकारहरुले बताएका छन्। कर्मचारीको आन्दोलन दवाउन समाचार प्रमुख खुलेरै लागेका छन्। यहि बैशाख २३ गतेबाट सुरु रहेका पत्रकारहरुको आन्दोलनबारे कतैबाट कसैले केही बोलेको छैन।

आन्दोलनलाई साम्य पार्न नसकेपछि टेलिभिजन, तराई टेलिभिजन, माउन्टेन टेलिभिजन र इमेज टेलिभिजनबाट भिजुयल लिएर प्रशारण गरिरहेका छन्। व्यवस्थापन नजिकका पत्रकारहरुले पाँच दिनदेखि रिर्पोटिङ्ग, पावर न्यूज, इस्यू आफ द डे, ६ प्रश्न लगायतका कार्यक्रमहरुको नयाँ प्रसारणमा रोक लगाएका छन् तथा रिपिट गरिरहेका छन्।