नारायण रायमाझीको नयाँ गीत : …छिमेकीले बनायो मुलबाटो [भिडियो]


काठमाडौं। भारतले गरेको नेपाली भूमि अतिक्रमणको चौतर्फी विरोध भईरहँदा वरिष्ठ गायक नारायण रायमाझीले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन्।

सधै मौलिक र मार्मिक गीत गाउँदै आएका रायमाझीले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत सीमासम्बन्धी गीत सार्वजनिक गरेका हुन्। ‘छिमेकीले बनायो मूलबाटो’बोलको उक्त गीतमा नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ।

रमेश बि.जीको रचनामा तयार गीतमा गायक रायमाझी स्वयंमको संगीत छ। गीत रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ। गीत सार्वजनिक भएसंगै धेरैले प्रशंसा गरेका छन्। साथै धेरैले यस गीतलाई शेयर गरिरहेका छन्।

भिडियो :

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो। त्यससंगै नेपालमा चौतर्फी आलोचना तथा विरोधका कार्यक्रमहरु भएका छन्।