नेपथ्यले नचायो लण्डनमा (फोटो र भिडियो)


 

(सेलिब्रेटी नेपाल) २० साउन-नेपाली चर्चित ब्याण्ड नेपथ्यले बेलायतको बेम्वलीमा सांगीतिक प्रस्तुति दिएको छ ।बेलायतकै ठुलो वेम्बली एरेनामा भएको सांगीतिक कार्यक्रममा नेपाली ब्याण्ड नेपथ्यले शनिबार आफ्नो प्रस्तुति दिएको हो । वेम्बली एरेनामा सहभागी हुने नेपथ्य पहिलो नेपाली सांगीतिक समूह हो ।आयोजकका अनुसार नेपथ्यको प्रस्तुति हेर्न हल्याण्ड, बेल्जियम, नर्वे तथा अमेरिकाबाट समेत नेपालीहरु बेलायत पुगेका थिए ।

कार्यक्रममा ब्याण्डका गाएक अमृत गुरुङले वेम्बलीमा आएर प्रस्तुति दिन पाउनु आफ्नो सपना जस्तै भएको र त्यो अहिले साकार भएको बताए ।१९९० मा स्थापना भएको ब्याण्डले नेपालमा युद्धको समया शान्ति यात्रा समेत गरेको थियो । कार्यक्रमा नेपथ्यले आफ्ना चर्चित गीतहरु रेशम, जोगले हुन्छ भेट, तालको पानी गाएको थियो । यो एरेना विश्वकै तेस्रो ठुलो इन्डोर कन्सर्ट भेन्यु हो भने लन्डनको दोस्रो ठुलो एरेना हो ।नेपथ्यको छेक्यो छेक्यो देउराली डाँडा,हिमाल चुचुरे,रेशम,तालको पानी लगायत दर्जनौ गीत हरु सुपर हिट छन्।