पहिलो लोकस्टारको उपाधि सहित नगद ५० लाख जिते सनी विश्वकर्माले


सेलिब्रेटी नेपाल

काठमाडौँ: चाहना मिडियाले आयोजना गरेको ‘आईएमई लोकस्टार’ को उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

त्यस्तै चेतन गोतामे फर्स्ट रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् । सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् । पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।