नेपाल आइडल सिजन ३ का विजेतालाई गृष्मा ब्रोडकास्टिङले वर्ल्ड टुर गराउने


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय देश विदेशमा इभेन्ट गर्ने कम्पनिमा अगाडी आउने नाम मध्यको एक हो गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ । ‘हामी अत्यन्त उत्साहित छौ कि हामी नेपाल आइडलसंग जोडिएका छौ’ गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्रले हस्ताक्षर गरिसकेपछि भने । उनले टप ३ लाई विदेशमा रहेका हरेक नेपाली समक्ष पुर्याउने समेत बताए । ‘आफुलाई मन परेको , भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शक समक्ष हामी कार्यक्रम लिएर आउनेछौ’ गृहेन्द्रले भने ,’नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व हाम्रो हुनेछ ।’ अर्थात् उनीहरुलाई एक वर्षसम्मको सम्पूर्ण दायित्वलाई गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ ।

तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउदा आफुहरु खुसि रहेको पौडेलले बताए । ‘हामीले गृहेन्द्रजीले गर्नु भएको कार्यक्रमलाई हेरेका छौ, उहाको कम्पनिले गरेको इभेन्टकै आधारमा हामीले हाम्रो लोकप्रिय शोको टप ३ लाई उहालाई जिम्मा लगाउने निर्णय लिएका हौ’ जिएम पौडेलले भने ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्र नभई स्थानिय कला संस्कृति पनि उजागर गर्नेछ । यसैगरी गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई मुनलाइट्स रेकर्डस् संगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । नेपाल आइडलले आफु जस्तै धेरैको सपनालाई सकार बनाएको दोस्रो सिजनकी अस्मिता अधिकारीले बताइन । ’हामी जस्ता धेरैको सपना पुरा गर्दै हामीलाई पहिचान दिन नेपाल आइडलले अहम भूमिका खेलको छ’ उपस्थित अस्मिताले भनिन् ‘सिजन ३ ले पनि धेरै राम्रो प्रतिभालाई विश्वसामु चिनाउनेमा विश्वस्त छु । ‘गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन ३ को वर्ल्ड टुर आउँदो सन् २०२० को फेब्रुअरीबाट सुरु गर्नेछ । यसैगरी ग्राण्डफिनाले पनि यसै कम्पनिले गर्नेछ ।