नेपालमा पहिलो पटक १२ डी



(सेलिब्रेटी नेपाल) १४ बैशाख -नेपालमा पहिलो पटक दर्शकले एकै पटक १२ वटा क्रिया अनुभूति गर्न सक्ने चलचित्रको प्रदर्शन प्रारम्भ भएको छ। नेपालमा थ्री डी, सिक्स डी, एट डी चलचित्र भने प्रदर्शन भैसकेका छन्। दर्शकका लागि १२ डी नौलो चलचित्र हो। १२ वटा रियल इफेक्ट तथा डाइमेन्सन रहने १२ डी फिल्मले रोमाञ्चकता प्रदान गर्छ। त्यसैले १२ डी चलचित्र हेर्नेहरू डर-त्रासले चिच्याउँछन्।

सिभिल मलमा प्रारम्भ भएको यो चलचित्र हेर्दा आफै चलचित्रमा भएको अनुभूति पाइन्छ। १२ डी चलचित्रमा हावाहुरी चल्दा, धूवाँ, गन्ध, पानी, भुइँचालो जाँदा र चट्याङ पर्दा दर्शकलाई आफैं त्यसमा परेको अनुभव हुन्छ। यो प्रविधिका चलचित्र निकै छोटा हुन्छन्। त्यसैले पनि दर्शकलाई आकषिर्त गर्न तीनवटा चलचित्रसम्म एकै पटक प्रदर्शन गरिन्छ। अहिले भने त्यहाँ बीस मिनेटका लागि र्‍यापिडकस्टर र घोष्ट चलचित्र प्रदर्शनीमा छन्। यदि कसैले डर-त्रासका कारण चलचित्र हेर्न नसक्ने भए हात उठाएर चलचित्र बन्द गर्ने अनुमति दिन सक्छन्। नाइट भिजन क्यामेराले दर्शकको हात देख्नासाथ चलचित्र रोकिन्छ। पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा मुटुका बिरामीलाई यस्तो चलचित्र हेर्न मनाही छ।