नायिका राघिनी खड्गी बिबाहित भएको खुलाशा



सेलेब्रिटी नेपाल मंगसिर ३-चलचित्र प्लानबाट नेपाली चलचित्र क्षेत्रमा भित्रियकी नायीका राघिनि खड्गीले पहिलो पटक मिडियामा आफू बिबाहित भएको खुलासा गरेकि छिन । राघिनिलाइ झट्ट देख्दा २२-२३ बर्षको अनुमान गर्न सकिने भएता पनि उनि आफू बिबाहित भएको र एक छोरा भएको पनि बताएकी छिन । सिटिजन एफ एम को साप्ताहिक प्रस्तुति कार्यक्रम सिने यात्रिमा सन्चारकर्मि दयाराम घिमिरे संग कुरा गर्ने क्रममा यस्तो बताएकि छिन ।
पहिलो पटक कुनै मिडियालाइ आफू बिबाहित भएको कुरा भन्दै छु भन्दै उनले आफ्नो श्रीमान लागु पदार्थको कारण बित्नु भएको पनि सम्झना गरिन । सानै देखि नायीका बन्ने लक्ष्य बोकेकि नायीका राघिनि खड्गीले हाल सम्म नायीका को रुपमा ९ वटा चलचित्रमा अभिनय गरि सकेकि छिन । उनका छोरालाइ पनि होम प्रोडक्सनको चलचित्र Nothing is impossible मा अभिनय गराउदै छिन । चलचित्र लाइ राघिनिका पिता फाइट निर्देशक राजेन्द्र खड्गीले निर्देशन गर्दैछन भने मुख्य सहायक निर्देशकको रुपमा भने राघिनि खड्गी आफै देखिदै छिन । राघिनि को अभिनय रहेको चलचित्र मेरो जीवन साथि रिलिजको तयारीमा रहेको छ ।