म्यूजिक नेपालले श्रष्टाहरुलाई सम्मान


 

सेलेब्रिटी नेपाल कार्तिक २६-म्यूजिक नेपालले आफ्नो २९ औ बाषिर्कोत्सवको अवसरमा विभिन्न श्रष्टाहरुलाई सम्मानीत तथा पुरस्कृत गरेको छ ।म्युजिक नेपालको कार्यलय पिङ्गलास्थानमा आयोजीत एक कार्यक्रममा विभिन्न श्रष्टाहरुलाइ सम्मानीत गरिएको हो ।यसैबर्षदेखि सुरु गरिएको श्रष्टा सम्मानबाट गायक, संगीतकार तथा गीतकार सम्मानीत भएका छन् । यसबर्ष सिर्जनशिल संगीत सम्मानबाट गीतकार भावुक, गायक मणिकरत्न र संगीतकार अम्बर गुरुङलाई सम्मानीत गरिएकोसम्मानीत हुने श्रष्टालाई जनही ५० हजार नगद र ट्रफी प्रदान गरिएको छ । यस्तै लोकपि्रय संगीत पुरस्कारबाट संगीत तथा रचनातर्फ हेमन्त शिशिर पुरस्कृत भएका छन् । यस्तै गायनतर्फ गायिका अञ्जु पन्तलाई पुरस्कृत गरिएको हो । सम्मानीत हुने श्रष्टाहरुलाई २५ हजार नगद र ट्रफी प्रदान गरिएको छ ।सम्मानीत श्रष्टाहरुलाई गीतकार किरण खरेल, कवि तथा गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणाले पुरस्कार हस्तान्तरण गरेका थिए ।