सुस्ताएको संगीत तथा फिल्मी बजार विस्तारका लागि विजय


Bijaya-Gopal-Dali(सेलिब्रेटी नेपाल) काठमाडौँ <नेपाली गीत संगीत तथा चलचित्रको बजार पाईरेसीको कारण निकै नै खस्कि रहेको छ। पाईरेसी रोक्ने र कला संस्कृति संगै श्रस्टाहरु लाई बाच्ने आधार बनाउने उदेस्यका साथ बिजय गोपाल दलिको अध्यक्षतामा १० जनाको समूह मिलेर डाउनलोड सेन्टर नेपाल नामक कम्पनीको स्थापना भएको छ। करिब १ दर्जन चलचित्रको निर्माण,निर्देशन तथा करिब २०० जति चलचित्रको भी सी डी बजार ब्यबस्थापन गरि सकेका बिजय गोपाल दलिको यो नयाँ कार्यले खस्किएको बजारलाई केहि मात्र भए पनि राहत दिने उनको बुझाई रहेको छ। देश भर १००० वटा डाउनलोड सेन्टर खोल्ने उदेस्य कम्पनीको रहेको छ। डाउनलोड सेन्टर बाट दर्शक तथा स्रोता हरुले निश्चित शुल्क तिरेर गीत तथा भिडियो डाउनलोड गर्न सक्नेछन।