‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसन हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालमा ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको आयोजना गरिने भएको छ । अमेरिकाको फ्रेन्च आइज ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको खरेल अर्गनाईजेसनले आयोजना गर्न लागेको हो । शनिबार राजधानी काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा शारीरिक सुगठनका थुप्रै खेलाडी,संघका रास्ट्रिय प्रतिनिधि र पत्रकारहरुको उलेख्य उपस्थिति रहेको थियो।

असोज १० गते रास्ट्रिय सभागृहमा फाइनल कम्पिटिसन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। मसल मेनियाको सुरुवात १९९१ मा अमेरिकामामा भएको हो। शारीरिक सुगठनका खेलाडीहरुको क्षमता ब्रिद्दि संगै अन्तररास्ट्रिय स्तरमा पुर्याउने मुख्य उदेश्य रहेको छ । फ्रेन्च आइज ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसन नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । यो कम्पिटिसनमा पाँचवटा विधामा कम्पिटिसन हुनेछ।

मसल मेनिया नेपाल क्लासिक च्याम्पियनशिप,मसल मेनिया नेपाल फिजीक च्याम्पियनशिप,मसल मेनिया मोडल च्याम्पियनशिप,मसल मेनिया फिगर नेपाल च्याम्पियनशिप र अन्डर २२ को विधा गरि पाँचवटा विधामा छुट्टा छुट्टै टाइटलमा कम्पिटिसन गराइने आयोजकले जानकारी गराएको छ । यस प्रतियोगिताको विजेताले डिसेम्बर १३ मा सिंगापुरमा हुने ‘मसल मेनिया एसिया’ कम्पिटिसनमा सहभागी हुने अवसर पाउनेछन् । पाँचै विधाका विजेतालाई आयोजकले फुल स्पोन्सरशिपमा सिगापुर लग्नेछ ।

प्रतियोगितामा ५ जना अन्तररास्ट्रिय जजहरुबाट विजेता छानिने छ । ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको फाइनलको दिन कम्पिटिसन साथ साथै एक्स्पो र म्युजिकल कन्सर्टको पनि आयोजना गरिने खरेल अर्गनाईजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिए ।

खरेल अर्गनाईजेसनको आयोजनामा हुन लागेको इभेन्टमा सज्ञान खरेल इभेन्ट हेड रहेका छन् । फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन् बिपुल कोइराला एक्स्पो हेड,लिगल एडभाइजर अधिवक्ता युबराज क्षेत्रि,एथ्लिट मेनेजर-को अर्डिनेटर बिनिता राइ र एथ्लिट एडभाइजर डा,मोहित कार्की लगाएतको आयोजक टिम रहेको छ ।