‘मुम्बई एक्सप्रेस’ कपी पेस्ट ‘कोहलपुर एक्सप्रेस’


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रकी चर्चित नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ शुक्रबार देखि सिनेमा घरमा रिप्रदर्शन भईरहेको छ । तर चलचित्र प्रदर्शन सँगै अहिले उनले अर्को आलोचना खेप्नु परेको छ । यस अर्थमा भन्नु पर्दा उनको चलचित्र निर्माणको पहिलो गासमै ढुगां लागेको छ । उनले निर्माण गरेको चलचित्रलाई साउथ इन्डीयन सिनेमा मुम्बई एक्सप्रेसबाट कपी गरिएको आरोप उनी माथी लागेको छ ।

केकी भने आफ्नो टिमले कपी नगरेको तर मुम्वई एक्सप्रेसबाट इन्स्पायर्ड भएको बताउँछिन । तर चलचित्र हेरेका दर्शक तथा चलचित्रकर्मी मिडियाकर्मी भने चलचित्र जस्ताको तेस्तै कपी भएको बताउँछन । कथालाई अलिकती तोडमोड गरिएको छ । बाँकी सबै जस्ताको त्यस्तै हो । उनिहरु भन्छन, केकी जस्तो शिक्षीत र अभिनयमा सफल नायिका बाट हामीले यस्तो चलचित्रको अपेक्षा गरेका थिएनौं । तर अपेक्षा अनुसारको मौलीक चलचित्र उनले बनाउँन नसकेको सामाजीक सञ्जालमा दर्शकले गुनासो गरेका छन ।

केकीको मात्रै होइन यसमा सबै भन्दा ठुलो दोषी कथा तथा पटकथा लेखक शान वस्नेत र निर्देशक विशाल भण्डारी पनि उतिकै दोषी छन । केहि वर्ष देखि नेपाली चलचित्र कपी पेस्टबाट केहि माथी उठिरहेको बेला कोहलपुर एक्सप्रेसले दर्शक माझ नकारात्मक प्रभाव परेको चलचित्रकर्मीको बुझाई रहेको छ । चलचित्रकर्मीका अनुसार अहिले दर्शक एकदमै बुझ्ने भईसके कसले कहाँ के मिस्टेक गर्यो । कथा पटकथा सबै विषयमा जान्ने भईसके त्यसैले यस्तो चलचित्रले नेपाली चलचित्रको बजार विगार्ने बल पुग्ने चलचित्र बिज्ञहरु बताउँछन । त्यसै पनि नेपाली चलचित्रमा मौलीक कथा बस्तु र गुणस्तरमा कमी भएको बताइन्छ । ‘कोहलपुर एक्सप्रेस’ जस्तो कपी सिनेमा निर्माण हुँदा नेपाली चलचित्रको हालत के होला । चलचित्रकर्मी र कलाकारले सोच्नु पर्ने विषय बनेको छ ।