विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठको यात्रा टप १० सम्म


(सेलिब्रेटी नेपाल) १२ असोज- विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ टप १० बाट बाहिरिएकी छन् । विश्वका एकसय ३० देशका सुन्दरीलाई उछिन्दै व्यूटी वीथ पर्पोज उपाधि जितेकी उनी अन्तिम ५ छनौटबाट बाहिरिएकी हुन् ।
miss-worl-in-ishani-shrestha
विश्व सुन्दरी प्रतियोगिताको टप १० मा अटाउने र सहायक उपाधि जित्ने उनी पहिलो नेपाली सुन्दरी बनेकी छन् । मिस नेपाल-२०१३ भएपछि उनले जुम्लाका बिभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा उनलाई व्यूटी वीथ पर्पोज उपाधि दिइएको हो । उपाधिसहित उनले अभियानलाई अघि बढाउन १० हजार अमेरिकी डलर सहायतासमेत पाउनेछिन्। विश्व सुन्दरी प्रतियोगिताको यसअघिको संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल श्रृष्ठी श्रेष्ठ अन्तिम २० सम्म अटाएकी थिइन्।