मिस शिङ्सा भोटियाको फिनालेमा सेलिब्रेटी तथा पत्रकार सम्मानित हुँदै



काठमाडौँ। अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले यहि मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका विभिन्न कुनाबाट छनौटमा परेका टप सेभेनको प्रस्तुति रहने उक्त समारोहमा नेपाली चलचित्र, कला, संगीत र समाज सेवामा योगदान पुर्याउने विशिस्ट व्यक्तित्वहरुलाई शिङ्सा-भोटिया सम्मान समेत गरिने आयोजक समितिले जानकारी गराएको छ ।

ईन्डियन आईडल प्रशान्त तामाङ, गायिका कुन्ती मोक्तान, गायक लाक्पा शेर्पा, गायक मिङमा शेर्पा, गायक उमंग भोटिया, गायक छिरिङ भोटिया, गीतकार गुरु भोटियालाई शिङ्सा-भोटिया संगीत सम्मानले सम्ममा गरिने भएको छ । यसैगरी कलाकार बुद्धि तामाङ, कलाकार बिजय बराल, कलाकार गजित विस्ट, कलाकार केकी अधिकारी र चित्रकार योन्देन भोटियालाई शिङ्सा-भोटिया कलाकारीता सम्मान प्रदान गरिने भएको छ ।

पत्रकार डिनेश डिसी, सुशील पौडेल र निमा पोङ्सुवा भोटियालाई शिङ्सा-भोटिया पत्रकारिता सम्मानले सम्मान गरिने र समाजसेवी कर्मा ज्यामु भोटिया, कर्म भोटिया, छिरिङ पान्ढे भोटे, सान्डुक भोटे, फुर्बु रिदर भोटे, छेवाङ भोटिया र किङ्साङ लामा भोटेलाई पनि विभिन्न विधामा सम्मानित गरिने आयोजकले जानकारी गराएको छ ।

रास्ट्रीय कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा शिङ्सा-भोटिया समुदायको कलाकारहरुको पनि विशेष प्रस्तुति रहने आयोजक समिती अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिए। कार्यक्रमको आयोजक बज्रकिल्या प्रोडक्सन्स रहेको छ ।