मिस पुर्वाञ्चलको उपाधि नेहा बजाजले जितिन


(सेलिब्रेटी नेपाल) १६ फागुन   प्रतिस्पर्धामा उत्रिएका अन्य १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौथो मिस पुर्वाञ्चलको उपाधि नेहा बजाजले जितेकी छिन । ‘ उनले उपाधिसँगै मिस पर्सनालिटीको टाइटल पनि जितेकी छिन् ।सोमबार  धरान सभागृहमा भएको फाईनलमा प्रमुख निर्णायक पत्रकार किशोर नेपालले सोधे  ‘नयाँ नेपाल बनाउन गर्नु पर्ने तीन काम के के हुन् ?’ भन्ने प्रश्नको जवाफमा नेहाले नेपालमा राजनैतिक अवस्था सुधारिनु पर्छ सबै राजनैतिक दलका नेताहरु देश प्रति बफादार हुनु पर्छ र सबै नेपालीहरु समानता भए भने नया नेपालको सम्भब हुने  तारिफयोग्य जवाफ दिएर नेहा वजाजले स्कुटीसँगै उपाधी जितेकी हुन् ।
     प्रतिस्पर्धामा धरानकै एलिसा श्रेष्ठले मिस ट्यालेन्ट सव टाईटल सहित फष्ट रनरअप बन्दै नगद ३५ हजार जितिन् । यस्तै झापा दमककी बर्षा राईले सेकेण्ड रनरअपको उपाधी जित्दै नगद २५ हजार सहित विभिन्न पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा मिस वाकको उपाधी सृष्टि राई, मिस चार्मिङको उपाधी श्रद्धा ढकाल, मिस पब्लिक च्वाइसको उपाधी सालु थापा र मिस फोटोजेनिकको उपाधी प्रेरणा खड्काले प्राप्त गरे ।