(सेलिब्रेटी नेपाल) ४ चैत्र-मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झपाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखी महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन् । त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (बिराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), बिन्दु केशी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन् ।त्यस्तै समिक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसीमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेकाछन् । यि सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिवल खेलाडी हुन भने सुमी लामा मिस तामाङ २०१२ की विजेता । हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन् ।
सम्बधित पोस्टहरु
‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ। ५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ। यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले ११...
हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर
हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् । चौथो सिरिजको नाम ‘ब्याड ब्वाइज : राइड वा डाइ’...
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
काठमाडौं। व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा...
कम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
काठमाडौं। कम शो दिइएको भन्दै नेपालको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ। चलचित्र भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति...
पहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी
काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट...
चलचित्र ‘अञ्जिला’ २०८१ माघ ११ बाट प्रदर्शनमा आउने
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष...