मेलिना राइको सुन्न सकिन सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय व्यस्त बनेकी गायिका मेलिना राइको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक भएको छ । राजेश अर्यालको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत गरेका छन् । दर्पण राइ सम्झना राइ र रुपा के.सिको अभिनय रहेको छ । सशान कंडेलले निर्देशन गरेको भिडियो लाइ राज कुमार लामिछानेले छायांकन गरेका हुन् भने प्रेम पौडेलले सम्पादन गरेका छन् । एक जोडी प्रेमी लाइ अर्को व्यक्ति प्रवेश गरेर प्रेम लाइ बिथोल्न खोजेको भाव भिडियोमा देखाईएको छ ।