महाकवि देवकोटा पुरस्कारबाट पाँच साहित्यकार सम्मानित



सेलेब्रिटी नेपाल पौष १७-राज्यका तर्फबाट महाकवि देवकोटा पुरस्कारबाट यस वर्ष पाँच साहित्यकार सम्मानित भएका छन् । सम्मानित हुनेमा कविता विधामा रामचन्द्र भट्टराई, निबन्धमा निनु चापागार्इं, आख्यान, नाटकमा मनु ब्राजाकी, भाषासाहित्य सेवामा रमेशरञ्जन शाह र बाल–लोक साहित्यमा शान्तादास मानन्धर रहेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनही एक लाख रुपैंयाँ र प्रमाणपत्र प्रदान गर्दै ती साहित्यकारलाई सम्मान गरेका हुन् । कार्यक्रममा सर्जकको सम्मानका लागि राज्यले कुनै कसर बाँकी नराख्ने बताउँदै प्रधानमन्त्री भट्टराईले देवकोटाका रचना अहिले पनि सान्दभिर्क भएको विचार राखे । जातीय विभेदको अन्त्यका लागि देवकोटाका रचनाले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै भट्टराईले यसले राजनीतिकर्मीलाई पनि मार्गदर्शन गर्ने गरेको बताए । सरकारले अघिल्लो वर्षदेखि साहित्यका पाँच विधाका साहित्यकारलाई यो पुरस्कारबाट सम्मान गर्दै आएको छ ।