माहाकबि देवकोटाको जन्म जयन्ति आज


सेलेब्रिटी नेपाल कार्तिक २८-नेपाली साहित्यका हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०४ औं जन्मजयन्ती । देशभर विभिन्न साहित्यिक कार्यक्रमगरी महाकवि देवकोटाको स्मरण गरिदैं छ ।नेपाली साहित्यमा सर्वाधिक चर्चित र सबैभन्दा बढी पढिएका देवकोटा आँसु कविका रुपमा समेत परिचित छन् । साहित्यका सबैजसो विधामा अब्बल कलम चलायका बहुमुखी प्रतिभाका धनी देवकोटाका सवै कृतिको नेपाली साहित्य भण्डारमा उचों छ ।देवकोटाले आफ्नो जीवनमा चर्चित खण्डकाव्य मुनामदन नेपाली साहित्यलाई दिएका छन् । जुन नेपाली साहित्यको आजसम्मकै सर्वाधिक विक्री र सर्वाधिक रुचाइएको गहन कृति भएको विज्ञहरुको भनाई छ ।देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य एकैदिनमा, ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, ‘सुलोचना’ खण्डकाव्य १० दिनमा लेखेका थिए ।नेपाली साहित्य भण्डारलाईको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका देवकोटोको जन्म वि.सं १९६६ लक्ष्मीपूजाका दिन पिता तिलमाधव र आमा अमर राज्यलक्ष्मी देवीका तेस्रो छोराका रुपमा काठमाडौंको धोविधारामा भएको थियो ।देवकोटाको मृत्यु २०१६ भाद्र २९ गते क्यान्सर रोगबाट भएको थियो । देवकोटा आफ्नो जीवनमा शिक्षामन्त्रीसम्म भएका थिए ।