भदौ ३० गतेबाट प्रदर्शन हुने ‘लिला’को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
भदौ ३० गते बाट सार्बजनिक प्रदर्शन हुने चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् । कार्यक्रममा अभिनेता राज कटुवाल उपस्थिति थिए भने दुइ जना नायिकाको उपस्थिति थिएन ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको बताइएको चलचित्र प्रेम, एक्सन र सस्पेन्स बिषयले भरिएको छ । मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धुर्ब कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।