पिर नगर अर्को तीजमा लिन आउँला है


  • कुशल अर्याल

यसपालीको तीजमा दिदी लिन आउन पाइन नि
कोरोनाको डर भो सारै हर्ष छैननी ।।

यस्तो रोग आउला भन्ने सोच्याथिन मैले त
मान्छे भेटदा लुक्न पर्ने के हो अहिले त ।।

लैनो भैसी व्याको थियो खान्थ्यौ होला दुध र घिउ
कम्जारी थ्यो ख्याल गर है आफ्नो शरीर जिउ ।।

करेली र काँक्रा कति फलेका छन् घरमा
आमा रुन्छिन छोरी आए खान्थीन दरमा ।

याद छ तिमीलाई पोहोर साल दर खाएर नाचेको
माइलाबाको आगनीको उँखु भाँचेको ।।

कोरोनाले मर्छु भन्ने मनको डर भगाउ है
बाहिर हिड्दा सेनिटाइजर मास्क लगाउ है ।

तिमी नाच्ल्यौ मैले मिठा तीजका भाका गामला है
पिर नगर अर्को साल लिन आम्ला है ।।

(-लेखक अर्याल प्रेस काउन्सिल नेपालमा कार्यरत छन् ।)