‘जिग्री’ले जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने


काठमाडौं। हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)ले आफ्नो जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने बताएका छन्। कुमारको अइतबार जन्मदिन परेको छ। उनले फेसबुकमा एक स्टाटस् लेख्दै जन्मदिन खुसियाली साथ मनाउनुको सट्टा दुबईमा अलपत्र एक नेपाली महिलालाई फर्काउन हवाई भाडा दिने घोषणा गरेका छन्।

झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेको जानकारी पाएपछि कट्टेलले सहयोगको निर्णय गरेका हुन्। कट्टेलले फेसबुकमा लेखेका छन् ‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भएकी नेपाली चेलिलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु।’