अब्बल प्रोडक्सन डिजाईनर ओली


सेलिब्रेटी नेपाल

काठमाडौँ: एउटा चलचित्र बन्नको लागि ठुलै टिमको जरुरि हुन्छ। चलचित्र बन्नको लागि कलाकार निर्देशक संगै प्राबिधिक टिमको पनि ठुलो हात रहन्छ। प्रोडक्सन डिजाईनरको रुपमा लामो समय देखि सक्रिय नाम हो यम प्रसाद ओली । करिब डेढ दशक देखि चलचित्र क्षेत्रमा क्रियाशिल रहेका ओली चलचित्र जगतको एक अब्बल प्राबिधिक हुन्। उनले पुरानो शैलीबाट चलचित्र छायांकन गर्ने चलनलाई अन्त्य गर्दै चलचित्रलाइ अझ उत्कृस्ट र सहज बनाउन डिजाइनिङको थालनी गरे।

दशकौं अगाडी चलचित्रमा प्रोडक्सन डीजाइनर राख्ने चलन थिएन जसले गर्दा चलचित्र छायाँकनमा प्राबिधिक समस्या हुन्थ्यो। जब प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थाले चलचित्रलाइ ठुलो राहत मिल्यो। उनि जस्तै धेरैले चलचित्र छायांकनको डीजाइनिङ गर्न के कस्ता उपकरणहरु आवस्यक पर्छ र कसरि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको राम्ररि अध्ययन गरेर एक प्रकारको डिजाइनिङ गरेर सहज रुपमा चलचित्र छायांकन गर्ने परिपाटीको बिकास गरे।

चलचित्रमा आवस्यक पर्ने सम्पूर्ण भौतिक पुर्बधारहरुको प्रयोग गरि सर्बसुलभ तरिकाले नेपालमै छायांकन गर्न मिल्ने अवस्था बन्यो । जसले गर्दा चलचित्र निर्माणमा आवस्यक प्राबिधिक कामका लागि भारत नै धाउनु पर्ने परिपाटीको अन्त्य भयो। आफ्नो प्रोडक्सन डिजाइनिङ कलाबाट सबैलाइ मन्त्र मुघ्ध पार्ने ओली अहिलेका एकदम ब्यस्त प्रोडक्सन डिजाईनर हुन्। १ दसक अगाडी नेपालमा भित्रिएको प्रोडक्सन डीजाइनिङलाइ कोसेढुंगाको रुपमा लिन सकिन्छ। उनको काम गर्ने फरक शैलीले गर्दा पनि धेरै निर्देशक तथा निर्माताहरुको रोजाइमा पर्ने गरेका छन्।

ओलीले झापा आन्दोलन,सुखानी सहादत,टेक्वान्डोको कथा रिलेसन,प्रोडुसर,स्कुल,होस्टेल,आभास,होस्टेल रिटर्नस्,बिजुली मेशिन,जोनी जेन्टल म्यान,थाहा अभियानका नायक रुपचन्द्र बिस्टको कथामा बनेको चलचित्र रुदाने,पुरानो बुलेट,सानो मन लगाएतका ठुलो पर्दाका चलचित्र दर्जनौं सफल म्युजिक भिडियो,लघु चलचित्रहरु,बिज्ञापन तथा विभिन्न डकुमेन्ट्रीका साथै बिदेशी प्रोजेक्टहरुमा समेत काम गरिसकेका छन् । उनले भोजपुरी चलचित्र दिवाना २,मर्द रिक्सावाला,निरहुवा चलल लन्डन मा काम गरेका छन्।

बलिउड फिल्म यारा,ओन्नाइ,ग्व्थर मा आफ्नो क्षमता प्रस्तुत गरि सकेका छन् हलिउड प्रोजेक्ट युकेको वेब सिरिज फोरिजन बडिज र आवर गर्ल,युके कै इन्सुरेन्स कम्पनिको एड एक्सामा उनले काम गरेका छन् ।