‘टुल्की’ को लागी कलाकार खोजी


सेलिब्रेटी नेपाल

काठमाडौं: बहुपती प्रथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्माण टिमले चलचित्र खेल्न इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । निर्देशक लक्ष्मण सुनारका अनुसार इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागी बोलाइने छ ।

जुम्ला, मुगु र डोल्पामा छायाँकन गरिने चलचित्रका लागी २० देखि २५ वर्ष उमेर समुहकी एक मुख्य अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका मुख्य अभिनेताका साथै अन्य सहायक कलाकारको लागी अडिसन खुल्ला गरिएको निर्माण टिमले बताएको छ । निर्माण घोषणाको लामो समय पश्चात फ्लोरमा जाने तयारीमा रहेको चलचित्रको कथामा काम गर्न केही समय लागेका कारण छायाँकनमा ढिलाई भएको निर्देशक सुनारले बताए ।

हरी श्रेष्ठ र शेखर लामा निर्माता रहेको चलचित्रको कथा निर्देशक सुनार स्वयंमले तयार पारेका हुन् । अरोन अशोककुमारको छायाँकन रहने चलचित्रका मुख्य कलाकारको लागी अडिसन आगामी मार्च १२ अर्थात फागुन २९ गते गरिनेछ ।