प्रेमीलाई छाडे पछि सुष्मा मालामाल


sushma raju
(सेलिब्रेटी नेपाल) २८ बैशाख-नायिका सुष्मा कार्कीले चलचित्र लुटमा समाबेश उध्रेको चोली गीत बाट पाएको चर्चा केहि समय सेलाएको थियो। यो साता उनको प्रेमी संग ब्रेकअपको खबरले बजार ततायो । एक व्याण्डका गीतारिष्ट नरेनसँग एक बर्षसम्म भैसेपाटीमा लिभिङ टुगेदरमा बसेकी सुष्मा अहिले आमासँगै छिन् । प्रेमिसँग कुरा नमिलेपछि छुट्टएिको बताउने सुष्मा पछिल्लो समय सिनेमा नगरीमा खासै चलेकी छैनन् ।

उनले अभिनय गरेको चलचित्र बाउन्सर प्रदर्शनको क्रममा रहेको छ भने सुष्माको हातमा अन्य चलचित्र हात नपरेको धेरै भै सकेको थियो नरेनसँग सम्बन्ध टुटेसँगै नायिका कार्कीले ‘विन्दास २’ मा संझौता गरेकी छिन् । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्र जेठ ५ गतेबाट छायांकनमा जाँदै छ । चलचित्रमा सुष्माको साथमा सुशान्त कार्की, अशोक फुयाँलको पनि अभिनय रहनेछ ।सुष्मा लाई बिन्दासमा २ लाख ५० हजारमा सम्झौता गरियको निर्देशक राजु गिरीले बताएका छन् ।