सुर्य इन्टरनेशनल अवार्डमा अनमोल र साम्राज्ञी उत्कृष्ट


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘सुर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । नाकानो जिरो हलमा आयोजित समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड उचाले । ‘क्याप्टेन’बाट अनमोलले अभिनेताको अवार्ड जित्दा पपुलर अभिनेत्रीको अवार्ड ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मीको पोल्टामा पर्यो । यस्तै पपुलर सिनेमा अवार्ड ‘छक्का पन्जा ३’ले जित्यो । यसै सिनेमाबाट पपुलर निर्देशकको अवार्ड दीपाश्री निरौलाले जितिन् । पपुलर सह-अभिनेत्रीमा वर्षा राउतले ‘गोपी’बाट अवार्ड उचालिन । सह-अभिनेता तर्फ ‘जय भोले’बाट बुद्दि तामाङ उत्कृष्ट ठहरिए ।

अवार्ड समारोहमा क्रिटिक्स तर्फको तीन अवार्ड ‘प्रसाद’को पोल्टामा परे । सिनेमासहित अभिनेतामा विपिन कार्की र अभिनेत्रीमा नम्रता श्रेष्ठ क्रिटिक्सको नजरमा उत्कृष्ट ठहरिए । भने, निर्देशकको अवार्ड ‘गोपी’बाट दीपेन्द्र लामाले जिते ।

संगीतको ६ विधामा लोक गायिकाको अवार्ड ‘गाह्रो हुन्छ’ गीतबाट मञ्जु पौडेलले जितिन् भने गायकमा ‘सालको पात’बाट कुलेन्द्र विश्वकर्माले अवार्ड उचाले । यस्तै ‘मोहनी’ गीत मार्फत आधुनिक गायक राजेशपायल राई र ‘पिरिम नलाउने’बाट गायिका मेलिना राईले अवार्ड जिते । पप तर्फ ‘कर्के नजर’बाट संजिव पराजुली र टिका प्रसाईंले उत्कृष्ट गायक-गायिकाको अवार्ड हात पारे ।

सम्मान
यसपटकको ‘सुर्य रत्न सम्मान’ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो । अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो । समारोहमा कलाकार विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान २०१९’, पत्रकार लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ र जापनिज निर्देशक डा: तोशीआकी ईतोहलाई विशेष सम्मान प्रदान गरियो ।