अभिनेत्री सुमिनाले गरिन प्राबिधिकलाई राहत वितरण



काठमाडौँ। अभिनेत्री सुमिना घिमिरे र उनका श्रीमान रोशन सापकोटाले लकडाउनको मारमा रहेका चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । सुमिना र रोशनले चालिस जना चलचित्र प्राविधिकलाई एक महिनालाई पुग्ने रासन सहयोग गरेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको रोहवरमा सुमिना र रोशनले बुधबार जडीबुटीमा प्राविधिकलाई राशन वितरण गरे । बिहे पश्चात् पहिलो पटक मिडिया फेस गरेकी सुमिनाले आफु सँगै काम गरेका प्राविधिकलाई राहत सामाग्री वितरण गर्न पाउँदा खुसी लागेको बताइन् । क्याप्टेन रोशन सापकोटा श्रीमतीले काम गरेको क्षेत्रका प्राविधिकलाई राहत प्रदान गर्दा दंग देखिन्थे ।

‘दुलही’बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी सुमिनाले दर्जनौं चलचित्रमा अभिनय गरेकी छिन् । बिहे पश्चात् भने उनी चलचित्र क्षेत्रबाट बाहिर छिन् । सुमिना र रोशनकी एउटी छोरी छिन् ।