‘ए मेरो हजुर ३’ अभिनेत्री सुहानाको युरोपमा हट अवतार


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा उनि अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी हुन् । उनले पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाख्न सफल भइन् । धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् । प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने उनको अभिनय धेरैले रुचाएका छन् ।

चलचित्रमामा पनि सामान्य पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा भने कहिले काही निकै हट तस्बिर शेयर गर्ने गरेकी छन् । हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसको कारण उनको चर्चा अहिले चुलिएको छ । तस्बिरमा उनले हल्का ग्रिन कलरको गाउन लगाएकी छन् । गाउनमा उनले गाडी भित्र र गाडी बाहिर तस्बिर खिचाएकी छन् । तस्बिरमा उनको सौन्दर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् । उनी अहिले युरोप टुरमा छिन् । सायद त्यसैले पनि होला अन्य कलाकार झै उनी पनि बिदेश पुगेपछि निकै खुल्न थालेकी छन् । पछिल्लो केही समययता उनले सार्वजनिक तस्बिरले पनि सो अनुमान लगाउन सकिन्छ ।