सुदर्शनको निर्देशनमा ‘राजा’ बन्दै राज कटुवाल



काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको चलचित्र एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।

चलचित्रका लागि अहिले राज कटुवाल अभिनेताको रुपमा छनौट भएका छन् । अभिनेत्री र अन्य कलाकार केही दिनमा टुङ्गो लाग्ने निर्देशक थापाले बताए । राज चलचित्र तथा म्यूजिक भिडियोमा देखिँदै आएका छन् । शिवम् अधिकारीको लेखन रहने चलचित्र माघको दोश्रो साताबाट छायांकनमा निस्कने बताइन्छ । थापाको निर्देशन रहेको ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।