नीता र प्रज्वलको’सोच’ फर्स्टलुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्र भदौ २० गते प्रदर्शन हुदैछ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्रमा प्रज्वल,नीता, पुजनका साथमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । चलचित्रले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउछन् ।