सौगातको ‘माछा माछा’ फर्स्टलूक सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’ फर्स्ट लुक सार्बजनिक संगै प्रदर्शन मिति तय गरिएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित चलचित्रमा सौगातसँगै विजय बराल र अनोज पाण्डेको मुख्य भूमिका छ । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्पले दर्शकमा कौतुहलता सृजना गर्छ । कतै कथाबस्तु क्रिकेटसँग जोडिएको त छैन ? पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । चलचित्रमा उनको पनि प्रमुख भूमिका रहेको पोस्टरले संकेत गर्छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । चलचित्रको सह-निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।