सौगात र बेनिषाको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युमा सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल बेनिषा हमालको मुख्य भूमिका रहेको छ भने चलचित्रमा नायिका निशाको अभिनय देख्न पाइने छैन । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक स्वयम् सिमोसले सम्पादन गरेको चलचित्रमा सनिश सुनवार र विकास चौधरीको संगीत रहेको छ ।