साम्राज्ञीको प्रेम प्राप्तिको लागि संघर्ष ‘मारुनी’ ट्रेलर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम, त्याग र प्राप्ति बयान गर्छ । नवल नेपाल निर्देशित सिचलचित्रको ट्रेलरले पत्नी र प्रेमिका बीच पतिको सम्वन्ध देखाउँछ । त्रिकोणात्मक प्रेमकथामा रेविका गुरुङ र पुष्प पति-पत्नीको रुपमा छन् भने साम्राज्ञी प्रेमिका बनेकी छन् ।

पुनम गौतमले निर्माण गरेको चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्री लगायत कलाकारको अभिनय छ । पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ । चलचित्र हरितालिका तीजलाइ लक्षित गर्दै भाद्र १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।