‘साँइली’ को दोश्रो गीत ‘प्याट प्याटे चप्पल’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : रामबाबु गुरुङको निर्देशनमा बनेको चललचित्र चलचित्र ‘साँइली’ मा समाबेश दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत ‘प्याट प्याटे चप्पल’मा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतमा हर्क साउदको शब्द रचना रहेको छ । सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लाइ फिचर्ड गरिएको छ ।

चर्चित गीत सुन साँइली बाट चलचित्रको नामाकरण गरिएको हो चलचित्रको कथा पनि निर्देशक गुरुङको नै रहेको छ । चलचित्रलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ,मोहन राना मगर, बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी चलचित्रका निर्माता हुन् भने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र ‘साँइली’ चैत्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।