रेखाको चलचित्रमा तिन निर्देशक अनुबन्धित


सेलिब्रेटी नेपाल काठमाडौँ
रघुनाथ सापकोटा
पछिल्लो समय राप्रपा प्रवेश गरेको कारणले चर्चामा रहेकी अभिनेत्री रेखा थापाले अब निर्देशकलाई हिरो बनाएर चलचित्र बनाउने भएकी छन् । रेखाले भर्खर नयाँ चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरेकी छन् । जुन चलचित्रमा नायकको रुपमा निर्देशकको रुपमा चिनिएका सुदर्शन थापा र अपर्ण थापालाई लिने भएकी छिन् ।
rekha-thapa-actress
हुन त केही अगाडि रेखाले ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने घोषणा गरेकी थिइन् । त्यो चलचित्रलाई थाति राख्दै उनले अहिले यो चलचित्र घोषणा गरेकी हुन् । जसको ससक्त भुमिकामा उनी आफै पनि देखा पर्ने छिन् ।‘रुद्र प्रिया’ चलचित्र ‘माला’का निर्देशक सुदिप भूपाल सिंहले निर्देशन गर्ने बताइएको छ । चलचित्र चैतदेखि छायाँकनमा जाने तयारी भइरहेको छ । चलचित्रमा संजय लामाको छायाँकन ,सुरेश अधिकारीको संगीत रहनेछ ।