रेखाको नयाँ चलचित्रमा रेनशा निर्देशक



काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनबाट निर्माण हुने छैठौं चलचित्रलाई रेनशा राई राणाले निर्देशन गर्ने भएकी छिन् । अहिले चलचित्रको स्क्रिप्टको काम भईरहेको छ ।

शुक्रबार रेनशाको जन्मदिनको अवसर पारी रेखाले रेनशालाई आफ्नो नयाँ चलचित्रको निर्देशनमा अनुबन्ध गरेकी हुन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
चलचित्रमा अभिमन्यू निरबीको कथा रहने रेखाले जनाएकी छिन् । चलचित्रबारे विस्कृत जानकारी केही समयपछि सार्वजनिक गर्ने रेखाले बताएकी छिन् । रेनशा नेपाली चलचित्रमा कोरियोग्राफरमा चर्चित नाम हो ।

उनले गतवर्ष प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डन’मा चलचित्रबाट निर्देशनमा डेब्यू गरेकी थिईन् । यता रेखाले पछिल्लो समय आफ्नो चलचित्र आफै निर्देशन गर्दै आएकी थिइन् । उनि निर्देशित तथा अभिनित ‘मालिका’ले गतवर्ष कात्तिकमा प्रदर्शनमा आएको थियो ।

तस्वीर: रेखा थापाको फेसबुकबाट