‘रातो टिका निधारमा’पहिलो गीत सार्बजनिक,साम्राज्ञी र अंकितको रोमान्टिक अवतार


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंमा प्रदर्शनमा आउने छ । सामाजिक कथा वस्तुमा बनेको चलचित्र ‘रातो टिका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सार्बजनिक ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा रबि मल्लको शब्द रहेको छ । सार्बजनिक गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा फिचर्ड छन् ।

चलचित्र ‘रातो टिका निधार’ मा बाट अशोक शर्माका सुपुत्रले नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।