कुशल छायाँकारको रुपमा स्थापित हुँदै राम के.सी


सेलिब्रेटी नेपाल काठमाडौँ
ललितपुर ठेचोका स्थायी बासि राम के.सी.नेपाली चलचित्र बजारमा अहिले राम्रै चर्चा रहेका छन् । उनले चलचित्र ‘शिशा’हँसिया,अल्टर,डेस्टिनि चलचित्रको छायांकन गरि सकेका छन् । राजु बिक्रम थापाका चेला के.सी.ले सहायकका रुपमा दर्जनौ चलचित्रमा काम गरि सकेका छन् । कलाकारितामा प्रवेश गर्ने युवा हरु कलाकार बन्न चाहन्छन् तर राम मा कलाकार बन्ने रहर कहिले जागेन परिवारले उनलाई इन्जिनियर बनाउन चाहेको थियो तर उनको इच्छा क्यामेरा चलाउने भयो र अहिले उनि कुशल छायाँकार बन्न सफल भए ।
Ram-kc-cinemyatografer
नेपाली चलचित्रको बजार सानो छ सानो बजारमा सबै काममा प्रतिस्पर्धा छ । क्यामेरामेनमा पनि ठुलै प्रतिस्पर्धा रहेको उनि सुनाउछन् सानो उमेरमा निक्कै नै लजालु स्वभावका उनि चलचित्रमा काम गर्दै गए पछि आफ्नो लाज सबै हरेको बताउ छन् । यो क्षेत्रमा लगेर घर परिवार चलाउन गार्हो छैन तर काम लाई सानो ठुलो नभनी सबै काम गर्नु पर्ने बताउछन् । अब छिट्टै उनि २ वटा चलचित्रको छायांकनमा व्यस्त हुँदै छन् । उनि अहिले समयको सदुपयोग गर्दै निर्देशक सत्यराज संग मिलेर लघु चलचित्र निर्माणमा पनि लागेका छन् । चलचित्रमा काम गर्न लागे पछी परिवार लाइ धेरै समय दिन गार्हो हुन्छ थोरै समयमा पनि धेरै माया बाड्न जान्नु पर्छ परिवार लाइ मिलाउन सकेमा जीवन सफल हुन्छ उनि भन्छन ।