पुष्प श्रेष्ठको संयोजकत्वमा कलाकार संघको शाखा प्रदेश १ मा



काठमाडौँ । नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदसिय कमिटी गठन भएको हो ।

मंगलबार ईटहरीको मनशान्त होटलमा एक कार्यक्रमका बिच कमिटी गठन गरिएको हो । कर्यसमितिको सहसंयोजकमा कलाकार तथा फिल्मकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला चयन भएका छन ।

यस्तै, सदस्यहरूमा धर्मेन्द्र आचार्य, भिम लामा, जतिन ताम्राकार, माधब पौडेल खत्री, लेजिना सुवेदी, रेस्मा घिमिरे, प्रवल दिप बिश्वास, नवीन सुब्बा, रेखा लिम्बू रहेका छन ।

अन्य सदस्यहरूमा गणेश राउत, मिलन सुवेदी, हरी प्रसाद सुब्बा, मेघराज लिम्बू (गोपाल), श्याम कटुवाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य, ममता चौधरी र तुलसी घिमिरे रहेका छन ।

कार्यक्रम बोल्दै प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले कलाकार सबैको साझा र कुनै पार्टीको नरहेको हुँदा कलाकारहरुको हक हितमा गठन हुने संस्थामा कुनै पनि राजनीति नगर्न आग्रह गरेका थिए ।