प्रोडूसर पोस्टर तथा ट्रेलरमा यस्ता देखिन्छन्


(सेलिब्रेटी नेपाल) १२ चैत्र-आज चलचित्र प्रोडूसरले आफ्नो प्रचार सामग्री सार्बजनिक गरेको छ ।राजधानीमा एक कार्यक्रम गरि चलचित्र को प्रोमो तथा पोस्टर सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्र कलाकार तथा निर्देशक युबराज लामा,निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रोडूसरका निर्माता राजकुमार राई,प्रस्तुत कर्ता ज्योति राज राई ,निर्देशक जनक दिप पराजुली,कलाकार श्याम राई ,नायक श्याम अर्याल,वितरक प्रदिप उदय लगायत विभिन्न चलचित्र कर्मी तथा पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र प्रोडूसरमा चलचित्र क्षेत्र भित्रकै कथा रहेको छ ।